वीरगन्ज :

पर्साबाट एक वर्षमा ४१ करोड बढीको भन्सार छली सामान बरामद

श्रेणी : अर्थ

3 hours
Pradeep Sah
1.6kViews
1246 Shares

वीरगन्ज,०९ बैशाख । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साको सक्रियता बढेसँगै छिमेकी मुलुक भारतबाट भन्सार छली गरी ल्याइएका अवैध तथा शङ्कास्पद मालसामान बरामद हुने क्रम उल्लेख्य रूपमा बढेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति, प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालका अनुसार, गएको एक वर्षको अवधिमा मात्रै सशस्त्र प्रहरीले ४१ करोड ९२ लाख ३१ हजार ७०७ रुपैयाँ बराबरका अवैध तथा शङ्कास्पद सामान बरामद गरेको छ ।

एसपी धिमालले सशस्त्र प्रहरीको सतर्कता बढेपछि सीमावर्ती क्षेत्र हुँदै लुकीछिपी भित्र्याइने लत्ता कपडा, इलेकट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न र किरानाका सामान बरामद हुने दर वृद्धि भएको जानकारी दिए ।

भन्सार छली रोकथामलाई प्रभावकारी बनाउन वीरगञ्ज भन्सार नाकामा तालिमप्राप्त दुई वटा कुकुरसमेत खटाइएको र ती कुकुरको सहयोगमा जाँचमा थप सजिलो भएको उनले बताए । सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म २८ करोड ११ लाख छ हजार ४८७ रुपैयाँ बराबरको भन्सार छली गरिएका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

यस्तै, बिलबिजक नभएका १३ करोड ८१ लाख २५ हजार २२० रुपैयाँका अन्य सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

एसपी धिमालका अनुसार, सशस्त्र प्रहरी बलले पर्सा जिल्लामा फैलिएको १०७ किलोमिटर लामो खुला सीमाको सुरक्षाका साथै अवैध चोरी पैठारी र निकासी रोकथाममा कडाइ गर्दै सीमावासीसँग समन्वयमा विभिन्न सचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *