वीरगन्ज :

पर्सागढीमा वित्तीय साक्षरता तालिम सम्पन्न

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.4kViews
1203 Shares

वीरगन्ज,१० चैत । पर्सागढि नगरपालिका वडा नं. ४ मा सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ। साना किसान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौंडा, मकवानपुरको आर्थिक सहयोगमा आयोजित तालिमले स्थानीय समुदायलाई वित्तीय ज्ञान प्रदान गरेको छ।

सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.का संचालक समितिका अध्यक्ष गोमा कुमारी उप्रेतीको अध्यक्षतामा सम्पन्न तालिममा संस्थाका संचालक समिति, कर्मचारी र सदस्यहरूसहित ४० जनाको सक्रिय सहभागिता रहेको थियो। सन्तोष कुमार गुप्ता, किरण परियार र विरेन्द्र राज कँडेलले तालिमको सहजीकरण गरेका थिए।

संस्थाका लेखा प्रमुख संजय परियारका अनुसार तालिममा वित्तीय साक्षरताको महत्त्व, वित्तीय लक्ष्य निर्धारण, विप्रेषणको सही व्यवस्थापन, बचत तथा ऋणको परिचालन, बिमाको आवश्यकता, डिजिटल सेवाको प्रयोग, पारिवारिक बजेट निर्माण, आवश्यकता र चाहनाको पहिचान, समुदायको वर्तमान वित्तीय अवस्था र सहकारीको भूमिका जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। यस तालिमले सहभागीहरूलाई आफ्नो आर्थिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *