वीरगन्ज :

पर्सागढीमा माओवादी छाड्दै दर्जनौं नेता जसपामा प्रवेश

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.9kViews
1905 Shares

बीरगन्ज,०८ साउन । जनता समाजवादी पार्टी नेपाल, पर्सागढी नगर समितिको आयोजनामा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत नेकपा माओवादी केन्द्र परित्याग गरी दर्जनौं नेता–कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका छन्। कार्यक्रममा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका बिकेश राय थारुको नेतृत्वमा राम किशोर राय थारु, राम नारायण चौधरी, मङनी चौधरी लगायतका नेताहरूले जनता समाजवादी पार्टी नेपालमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

उनीहरूलाई जसपा नेपालका महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री माननीय लालबाबु राउतले पार्टीको स्कार्फ, माला र अबिर लगाएर स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए। पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य शशिकपुर मिया, जिल्ला सचिव रितेश कुमार गुप्ता, पर्सागढी नगरपालिकाका मेयर पदका उम्मेदवार सुरज मानन्धर, नगर अध्यक्ष शेख खुर्सेदलगायतका पार्टीका नेता–कार्यकर्ता एवं स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नेता राउतले पार्टीमा आएका नयाँ सदस्यहरूलाई धन्यवाद दिँदै भने, “जसपा नेपाल अहिले देशको आवश्यकता भएको पार्टी हो। मधेस, सीमान्तकृत र उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न हामी कटिबद्ध छौं।” कार्यक्रमले पर्सागढीमा जसपाको संगठनात्मक बल थप मजबुत बनेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *