वीरगन्ज :

पर्सागढीमा मन्त्री यादवद्वारा वडा कार्यालय उद्घाटन

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.7kViews
1405 Shares

बीरगन्ज,१० जेठ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरेका छन्। शुक्रबार आयोजित विशेष कार्यक्रममा बोल्दै उनले भवन निर्माणसँगै स्थानीय वासिन्दाहरूले अझ सहज, प्रभावकारी र सुलभ रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

“वडा कार्यालयको आफ्नै भवन बनेपछि सेवा प्रदान गर्न थप सहजता हुन्छ,” मन्त्री यादवले भने, “अब नागरिकले घर नजिकै सेवा लिन सक्नेछन्।”

उनले स्थानीय तहको पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै, जनताको जीवनस्तर सुधारका लागि आगामी दिनहरूमा विभिन्न योजना अघि बढाइने प्रतिवद्धता जनाए।

कार्यक्रमका दौरान मन्त्री यादवले तराई क्षेत्रमा चर्को गर्मीका कारण चापाकलहरू सुक्दै गएकाले अब चापाकलको विकल्पमा ‘ओभरहेड ट्यांकी’ निर्माण गरिएको जानकारी पनि दिए। उनका अनुसार पर्सा जिल्लाभर निर्माण भएका यस्ता ट्यांकीहरू श्रावण महिनादेखि सञ्चालनमा ल्याइनेछ।

“तराईको जलस्रोतमा भइरहेको गिरावटलाई ध्यानमा राखी अब नयाँ र व्यवस्थित ढाँचामा खानेपानी आपूर्तिको व्यवस्था गरिन्छ,” मन्त्री यादवले भने।

पर्सागढी वडा नं. ९ का वडा अध्यक्ष श्रीरामबदाई प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवीहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *