वीरगन्ज :

पर्सागढीमा इट्टा भट्टाको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.9kViews
1740 Shares

बीरगन्ज, १५ वैशाख । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

पर्सागढी–५ बहुअर्वास्थित हिरा इट्टा उद्योग नजिकै माटो खनेर बनाइएको खाल्डोमा जमेको पानीमा डुबेर आज दिउँसो दुई बालिकाले ज्यान गुमाएका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालका अनुसार मृतकहरूमा रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुन छन्।

बालिकाहरू घरनजिकै बाख्रा चराउन गएका बेला इट्टा उत्पादनका लागि माटो निकालेर बनाइएको खाल्डोमा डुबेको प्रहरीले जनाएको छ। डुबेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा दुवैको मृत्यु भयो। स्थानीयबासीले इट्टा उद्योगको चरम लापरवाहीले दुर्घटना भएको भन्दै आक्रोश पोखेका छन्।

“इट्टा भट्टाले माटो खनेर खाल्डो बनायो तर सुरक्षित बनाउन चासो दिएन,” एक स्थानीयले भने, “यस किसिमको लापरवाहीले निर्दोष बालबालिकाको ज्यान गयो, दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *