वीरगन्ज :

पर्साको पोखरिया–लंगडी सडकखण्डमा मोटरसाइकल दुर्घटना- १ जनाको मृत्यु

श्रेणी : दुर्घटना

2 days
Pradeep Sah
2.2kViews
1613 Shares

बीरगन्ज,२१ असोज । पर्साको पोखरिया–लंगडी सडकखण्डमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ भीखमपुर निवासी अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार सोमबार राति १०ः३० बजेतिर पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुरस्थित सडकमा मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका कुर्मीलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी लम्सालले जानकारी दिए। कुर्मी सोमबार राति साथीको मोटरसाइकल लिएर पेट्रोल लिन पोखरिया बजारतर्फ आउँदै गर्दा दुर्घटनामा परेको उनका परिवारजनले बताएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *