वीरगन्ज :

पर्साको निचुटामा सार्वजनिक पोखरीको सौन्दर्यकरण सुरु

श्रेणी : अर्थ

2 weeks
Pradeep Sah
2.9kViews
1808 Shares

वीरगन्ज,३१ जेठ । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ निचुटामा रहेको सार्वजनिक पोखरीको सौन्दर्यकरण सुरु गरिएको छ । शनिबार गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोले शिलान्यास गरेसंगै पोखरीको सौन्दर्र्यकरण कार्य सुरु भएको हो ।

उपाध्यक्ष महत्तोका अनुसार, मधेस प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट प्राप्त ५० लाख रुपैयाँको लागतममा पोखरीको सौन्दर्यकरण गर्न लागिएको हो । जसअन्तर्गत पोखरीको चारैतिर पक्की पर्खाल लगाउनुका साथै पोखरीको डिलमा पेभर्स सडक निर्माण गरिने छ ।उपभोक्ता समिति मार्फत सुरु भएको सौनदर्यकरणको काम असार मसान्तभित्र सकिने लक्ष्य रहेको गाँउपालिका उपाध्यक्ष महत्तोले जानकारी दिइन् ।

शनिबारको शिलान्यास कार्यक्रममा वडाध्यक्ष बासु पन्जियार , कार्यपालिका सदस्यहरु शीवबालक ठाकुर, राजमति देवी , शीव चौधरी ,काशी साह,उपभोक्ता समितिका अध्यक्ष प्रेम नारायण यादव लगायतकाकाोपनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *