वीरगन्ज :

पर्साको थरकट्टीमा ६ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

श्रेणी : अपराध

7 days
Pradeep Sah
2.6kViews
1550 Shares

वीरगन्ज,१६ माघ । पर्साको ग्रामीण क्षेत्रमा प्रतिबन्धित गाँजाको खेती फस्टाएको छ । प्रहरीको आँखा छलेर लुकीछिपी लगाईएको गाँजा पर्सा प्रहरीले फेला पारेर फडाँनी गरी नष्ट गरेको छ ।

पर्साको पटेर्वा सुगौली गाउपालिकामा लगाईएको प्रतिबन्धित गाँजा खेती फडानी गरि नष्ट गरिएको हो । पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–२ थरकट्टी क्षेत्रमा ६ कठ्ठा जग्गामा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरि नष्ट गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

इलाका प्रहरी पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरीले त्यहाँ लगाइएको करिब ३२ सय गाँजाको बोट फडानी गरि नष्ट गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । गाँजा लगाउने व्यक्तिको भने पहिचान गर्न सकेको छैन । त्यस बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *