
श्रेणी : अपराध
बीरगन्ज,१३ जेठ । पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ स्थित चौतारा नजिकैको जङ्गल क्षेत्रमा एक पुरुषको वेवारिसे शव फेला परेको छ। इलाका प्रहरी कार्यालय ठोरीका अनुसार मृतकको अनुमानित उमेर ४० देखि ४५ वर्षको बीचमा छ र उनी भारतीय नागरिक हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयले आज बिहान शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी घटनास्थलमा पुगेर शवको प्रारम्भिक अनुसन्धानपछि पोस्टमार्टमका लागि बीरगन्ज पठाएको जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार मृतक विगत दुई महिनादेखि चौतारानजिकको क्षेत्रमा अर्का एक व्यक्तिसँग बस्दै आएका थिए। दुबैजनाको मानसिक अवस्था सामान्य थिएन भन्ने बुझिएको छ। हाल अर्का व्यक्ति भने सम्पर्कविहीन छन्।
शव कसरी र कुन परिस्थितिमा त्यहाँ पुगेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया