वीरगन्ज :

पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा तस्करी

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
1.8kViews
1286 Shares

बीरगन्ज, २६ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित जमुनिया खोलाबाट अवैध रूपमा गिट्टी र बालुवा उत्खनन गरी तस्करी गरिँदै गरेको अवस्थामा दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले उक्त ट्याक्टरहरू जमुनिया खोलाबाट गिट्टी र बालुवा लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारीमध्ये प्र.२–०३–००१ त.१५७ नम्बरको ट्याक्टरमा गिट्टी लोड गरिएको थियो भने प्रदेश २–०३–००१ च.१२९२ नम्बरको ट्याक्टरमा बालुवा लोड गरिएको पर्सा प्रहरीले जनाएको छ।

हाल दुवै ट्याक्टरसहित गिट्टी र बालुवा इलाका प्रहरी कार्यालय परिसरमा राखिएको छ। अवैध उत्खनन र तस्करी सम्बन्धमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

स्थानीय स्रोतहरूका अनुसार जमुनिया खोलामा निरन्तर रूपमा अवैध उत्खनन हुँदै आएको छ, जसले वातावरणीय क्षति पुर्याउनुका साथै खोलाको प्राकृतिक संरचनामा समेत असर पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *