वीरगन्ज :

पर्साको कृषि हाटबजार सेड सञ्चालनमा ढिलाइ,पाँच महिनादेखि अलपत्र

श्रेणी : अर्थ

4 weeks
Pradeep Sah
2.8kViews
1429 Shares

बीरगन्ज,२२ पुस । पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरटाँडीस्थित भुमरीमाई मन्दिर नजिक १ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको पक्की कृषि हाटबजार सेड सञ्चालनमा ढिलाइ भएको छ। निर्माण सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि सेड उपयोगमा आउन सकेको छैन।

गत असारमै संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा हाटबजार सेडको निर्माण सम्पन्न भएको थियो। तर, आवश्यक संरचनाहरू अधुरो रहेकाले सेड सञ्चालनमा आउन नसकेको जनाइएको छ।

रङ्गपुरटाँडीको सडक फूटपाथमा सोमबार र शुक्रबार साप्ताहिक हाटबजार लाग्दा यातायात आवागमनमा समस्या हुने भएपछि, भुमरीमाई मन्दिर नजिक व्यवस्थित सेड निर्माण गरिएको हो।

गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीका अनुसार बिजुली बत्ती जडान र स्तनपान कक्ष निर्माण गर्न बाँकी भएकाले सेड सञ्चालनमा ढिलाइ भएको हो। उनले माघ मसान्तसम्म बाँकी काम पूरा गरेर सेड सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीले कृषि हाटबजार सेड छिटो सञ्चालनमा आउनु पर्ने माग गरेका छन्। व्यवस्थित बजार सञ्चालनले कृषि उत्पादनको व्यापारमा सुधार आउने र सडक हाटबजारको अव्यवस्था अन्त्य हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *