
श्रेणी : प्रदेश
बीरगन्ज,१५ माघ । बीरगन्ज प्याब्सनद्वारा आयोजित प्रि-एसईई परीक्षा २०८१ आज शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। माघ ६ गतेदेखि सुरु भएको यो परीक्षा निर्धारित तालिका अनुसार माघ १५ गते सम्पन्न भएको हो।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीका अनुसार पर्सा जिल्लाका ३७ विद्यालयका १२७४ विद्यार्थीले पाँच परीक्षा केन्द्रमा परीक्षा दिएका थिए। परीक्षा केन्द्रहरूमा साउथ जोन मावि, सिद्धार्थ नेशनल स्कूल, गोल्डेन फ्युचर मावि, मुनलाईट मावि र बीरगन्ज पब्लिक इंग्लिस स्कूल समावेश थिए।
प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबै पक्षको सहकार्यप्रति आभार प्रकट गरे। उनले भने, “यो परीक्षा विद्यार्थीहरूको शैक्षिक उन्नतिको लागि महत्वपूर्ण अभ्यास हो। परीक्षाको व्यवस्थापनदेखि शान्तिपूर्ण सञ्चालनसम्म सबै पक्षहरूको योगदान सराहनीय छ। यसले विद्यार्थीहरूलाई आगामी एसईई परीक्षाको तयारीमा आत्मविश्वास बढाउनेछ।”


प्रतिक्रिया