
श्रेणी : मधेस
वीरगन्ज, १३ पुस । नेपाल विद्यार्थी संघ(नेविसंघ) को आसन्न १२ औं महाधिवेशनका लागि सदस्य वितरण र सुझाव संकलन अभियानका लागि पर्साका १४ वटै पालिकामा प्रतिनिधिहरु खटाइएको छ ।शुक्रबार बसेको नेविसंघ पर्साको बैठकले जिल्लाका १४ वटै पालिकामा प्रतिनिधी खटाएको हो ।
जसअनुसार,वीरगन्ज महानगरपालिकामा धिरज साह, पोखरिया नगरपालिकामा जयप्रकाश ठाकुर, बहुदरमाई नगरपालिकामा राज यादव र पर्सागढी नगरपालिकामा अभिषेक पटेललाई प्रतिनिधी खटाइएको नेविसंघ पर्साका सभापति रमेश यादवले बताए ।
यस्तै बिन्दवासिनी गाँउपालिकामा विकास पटेल, पकाहामैनपुर गाँउपालिकामा राजमोहन राम,कालिकामाई गाँउपालिकामा राजेश कुशवाहा,पटेर्वासुगौली गाँउपालिकामा सरोज दहित,जगरनाथपुर गाँउपालिकामा सन्दीप ठाकुर,सखुवा प्रसौनी गाँउपालिकामा राजकिशोर राजभर,छिपहरमाई गाँउपालिकामा प्रवेज अहमद,जिराभवानी गाँउपालिकामा अनुमाया चौधरी,धोबिनी गाँउपालिकामा सहदेव कुर्मी र ठोरी गाँउपालिकामा प्रवीण शर्मालाई प्रतिनिधीका रुपमा खटाइएको सभापति यादवले जानकारी दिए ।


प्रतिक्रिया