श्रेणी : मधेस
      2.7kViews
      
      
      1857
      Shares
      
      
बीरगन्ज,०७ साउन । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
मृतक बाराको हर्दिया प्रसौनीका ५० वर्षीय जिरजोधन माझी रहेको जिल्ला प्रहरीले जनाएको छ। ससुराली आएका माझी मंगलबार दिउँसो करिब ३–४ बजेतिर सम्पर्कविहीन भएका थिए।
बुधबार बिहान वडा कार्यालय नजिक रहेको पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक स्वरूप शर्मा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि नारायणी अस्पताल बीरगन्ज पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिएका छन्।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया