वीरगन्ज :

पर्साकाे पालिकाहरुमा माघ ७ र ८ गते माछा-मासु र मदिरा बिक्री वितरणमा राेक

श्रेणी : BANNER

11 months
Pradeep Sah
2.3kViews
1177 Shares

जगरनाथपुर र कालिकामाई गाउँपालिकामा दिपावली मनाउन पनि आग्रह

वीरगंज । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा माघ ८ गते हुने भएकाेले माघ ०७ र ०८ गते २ दिन पर्साकाे पर्साकाे जगरनाथपुर गाउँपालिकामा माछा, मासु र मदिरा बिक्री वितरणमा राेक लगाइएकाे छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले एक सार्वजनिक सूचना जारि गर्दै गाउँपालिका क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको विक्री वितरण लगायतका कार्यहरु नगर्न आग्रह गरेका छन् । साथै उक्त दिन घर घर दिप प्रज्वलन गरि दिपावली मनाउन हुन सबै सर्वसाधारणहरुमा हार्दिक अनुरोध समेत गरेकाे छ ।

साे सूचना श्री इलाका प्रहरी कार्यालय, जानकीटोलालाई आवश्यक सहयोगको लागि बाेद्धार्थ पनि गरिएकाे छ ।

त्यसैगरी धाेबिनी गाउँपालिकाले पनि अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन माछा, मासु र मदिराकाे बिक्री वितरणमा राेक लगाएकाे छ।

धोबिनी गाँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।

त्यस्तै भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साकाे कालिकामाई गाउँपालिकामा पनि माछा, मासु र मदिराकाे बिक्रीवितरणमा राेक लगाइएको छ ।

कालिकामाई गाँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।

साथै कालिकामाई गाँउपालिकामा राम मन्दिरकाे उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष गुप्ताले आग्रह गरेका छन । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *