वीरगन्ज :

परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौतीः राष्ट्रपति भण्डारी

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्याएको बताइन् । “परिवर्तन प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उनले भनिन्, “यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले महासङ्घको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *