वीरगन्ज :

परवानीपुरमा जनमत पार्टीद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

श्रेणी : मधेस

2 days
Pradeep Sah
2.9kViews
1115 Shares

वीरगन्ज,०७ साउन । जनमत पार्टी पर्साले लोककल्याणकारी अभियानअन्तर्गत २०८२ सालको पहिलो निःशुल्क आँखा शिविर वीरगन्ज–२१, परवानीपुरमा सम्पन्न गरेको छ। यस शिविरबाट ८६ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। शिविरमा गरिएको परीक्षणका क्रममा १६ जनामा मोतियाबिन्दु देखिएको छ । उनीहरूको शल्यक्रिया बिहीबार वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क गरिने जनमत पार्टीका पर्सा अध्यष ओमप्रकाश सर्राफले जानकरी दिए ।

जनमत पार्टीका नेता डा. मनोज सर्राफको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू विद्यालाल प्रसाद, श्याम गुप्ता, नेताहरू हिरालाल राम, अरुण कुशवाहा लगायतको सक्रिय सहभागिता रहेको थियो। जनमत पार्टी पर्साले २०८१ सालभरि पनि विभिन्न वडामा ४१ वटा आँखा शिविर सञ्चालन गरेको थियो, जसबाट ५६ सय सर्वसाधारण लाभान्वित भएका थिए। पार्टीले स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउने आफ्नो प्रतिबद्धताअनुसार यस्ता शिविरहरूलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *