श्रेणी : राजनीति
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।
मंगलबार परराष्ट्रमन्त्रीको पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताइन् ।
उनले परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवा प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको बताइन् ।
उनले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताइन् । मन्त्री पौडेलले नेपालको राजदूतावासमा नेपाली जाँदा घरजस्तो अनुभव गर्ने वातावरण बनाउने बताइन् ।
प्रतिक्रिया