
श्रेणी : खेलकुद
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । बिहीबार नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भयो ।
पीएनजीका लागि नोरमान भानुवाले ६०, टोनी उराले ५०, आसाद भालाले ४२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो ।
यो जितसँगै नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन÷जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ ।
त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २÷२ खेल खेल्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलाको अर्काे खेलमा नेपालले आइतबार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया