
श्रेणी : BANNER
वीरगन्ज,१८ चैत । काठमाडौंमा चैत १५ गते भएको राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चारगृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पर्साका सञ्चारकर्मीहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले बुझाएको उक्त ज्ञापनपत्रमा राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार रजकको हत्याको छानबिन गरी हत्यारलाई कारबाही गर्न ,घाइते पत्रकारहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउन, सञ्चारगृहरुमा भएको तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न तथा त्यसको उचित क्षतिपुर्ति उपलब्ध गराउन माग गरिएको छ ।
आँफुहरुको माग सम्बोधन नगरिए पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्लाका सम्पूर्ण पत्रकारहरु आन्दोलनमा उत्रिने चेृतावनीसमेत पत्रकार महासंघ पर्साले दिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले काठमाडौंमा पत्रकार र सञ्चारगृहमाथि भएको घटना अततायी भएको र त्यसबाट स्थानीय प्रसाशनपनि मर्माहित बनेको बताए । उनले भने,‘ तपाईहरुको माग म सम्बन्धित माथिल्लो निकायमा पुरर्याउँछु । स्थानीय प्रशासनसहित सरकार पत्रकारहरुको साथमा छ ।’
ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र,नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारी लगायतकाकोपनि सहभागीता थियो ।


प्रतिक्रिया