वीरगन्ज :

पत्रकार यादवलाई ज्यान लिने धम्की दिनेमाथि कारवाही गर्न समाजवादी प्रेस संगठन मधेश प्रदेशकाे माग

श्रेणी : BANNER

6 days
Pradeep Sah
2.7kViews
1318 Shares

वीरगंज । समाजवादी प्रेस संगठन, नेपाल मधेश प्रदेश समितिका कोषाध्यक्ष तथा प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक पत्रकार रामपुकार यादवमाथि ज्यान लिने धम्की आएको घटना प्रति समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशकाे गम्भिर ध्यानाकर्ष भएकाे छ ।

संगठनका अनुसार यादवले सिरहाको विष्णुपुर गाउँपालिकाबाट वितरण गरिनुपर्ने चेकहरू अन्य स्थानमा हस्तान्तरण गरिएको विषयमा तथ्यपरक समाचार लेखेका थिए । सोही समाचारप्रति आक्रोशित हुँदै २०८२ साउन १ गते राति करिब ९ बजे स्थानीय सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले फोनमार्फत गालीगलौज गर्नुका साथै गम्भीर रूपमा ज्यान लिने धम्की दिएका हुन् ।

समाजवादी प्रेस संगठन, मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । “यदि समाचारप्रति असहमति छ भने कानुनी बाटो रोज्न सकिने स्पष्ट विकल्प हुँदाहुँदै यसरी धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरनाक हस्तक्षेप हो,” संगठनले जनाएको छ ।

संगठनले यस्ता अभद्र र आपराधिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ र दोषीहरूलाई कानुनी दायरामा ल्याउन कडा माग अघि सारेको छ । यथोचित कारबाही नभए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत संगठनले दिएको छ ।

साथै, संगठनले सिरहा प्रशासनसँग पत्रकार यादवको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *