वीरगन्ज :

पत्रकार यादवमाथि धारिलो हतियारले आक्रमण

श्रेणी : BANNER

2 months
Pradeep Sah
3.0kViews
1017 Shares

काठमाडौँ, २२ चैत्र । सिरहाका पत्रकार मुकेश यादवमाथि भएको हिंसात्मक आक्रमणले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको छ। बरियारपट्टी, बिहीबार एक समूहले पत्रकार यादवमाथि धारिलो हतियारले आक्रमण गरेको थियो। आक्रमणमा परि गम्भीर घाइते भएका यादवको हाल जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्राप्त जानकारी अनुसार, यादवलाई सुरुमा सिरहा अस्पतालमा भर्ना गरिएको थियो। तर, गम्भीर चोटका कारण उनलाई जनकपुर रेफर गरिएको हो।

पत्रकार यादव जनकपुर टुडेमा कार्यरत छन्। उनले बसको फोटो खिचेको आशंकामा आक्रमण भएको दाबी गरेका छन्। यादवका अनुसार, बस सञ्चालक प्रमेश्वर यादवले आफ्नो मान्छेहरूलाई कुटपिट गर्न लगाएका थिए।

“मैले बसको फोटो खिचेको छैन, तर प्रमेश्वर यादवले मलाई आरोप लगाउँदै फोन गरे। मैले अस्वीकार गर्दा पनि मान्छेहरू लगाएर आक्रमण गरियो।”

नेपाल पत्रकार महासंघ, सिरहा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेको छ। महासंघले प्रेसमाथि भइरहेका निरन्तर आक्रमणले लोकतन्त्र नै जोखिममा पार्ने चेतावनी दिएको छ।

“सिरहामा पत्रकारहरू बारम्बार आक्रमणको सिकार भइरहेका छन्। अपराधीहरूलाई कानुनी कारबाही नगरेसम्म यस्ता घटनाहरू दोहोरिरहन्छन्। सरकार, प्रशासन, र सम्बन्धित निकायले घटनालाई हलुका रूपमा लिन हुँदैन।”

पत्रकार महासंघले दोषीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर कडा कारबाहीको माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *