वीरगन्ज :

पत्रकार महासङ्घ मधेसका पदाधिकारीहरूले लिए शपथ

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.4kViews
1613 Shares

वीरगन्ज,१५ पुस । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश कार्यसमितिको ऐतिहासिक पदस्थापन कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

मधेसको सांस्कृतिक पहिचान झल्किने पहिरन धोती, कुर्ता, र गम्छामा सुसज्जित महासङ्घका पदाधिकारीहरूले शपथ लिँदै आफ्नो जिम्मेवारी सुरु गरेका हुन् ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका पूर्व पदाधिकारीहरूको समेत सहभागिता रहेको यस कार्यक्रमलाई ऐतिहासिक मानिएको छ ।

पदस्थापन समारोहमा मुख्यमन्त्री सिंहले पत्रकारिताले समाजलाई सुसूचित गर्न मात्र नभई लोकतन्त्रलाई मजबुत बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले मधेस प्रदेशमा पत्रकारिताको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।

महासङ्घका पदाधिकारीहरूले आफ्ना पदभार ग्रहण गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागीहरूले मधेसको संस्कृति झल्काउने पोसाकले पत्रकारिताको माध्यमबाट सांस्कृतिक पहिचानलाई अझ प्रवर्द्धन गर्ने सन्देश दिएको बताए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जरा, उपाध्यक्ष (महिला) ज्योती झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), सदस्य (दलित) बिनोद परियार लगायतका नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँगै प्रतिनीधि सभा सदस्य प्रभु हजरा, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, पूर्व सचिव दिपेन्द्र चौहान लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *