
श्रेणी : मधेस
वीरगन्ज, २७ मसिर । नेपाल पत्रकार महासङ्घ बारा शाखाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचन अन्तर्गत बिहीबार मनोनयन दर्ता सम्पन्न भएको छ ।
कलैयास्थित पत्रकार महासङ्घको भवनमा भएको मनोनयनमा २८ जनाले कार्यसमितिको विभिन्न पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएकामध्ये सात जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष खुल्लातर्फ पन्नालाल दास, उपाध्यक्ष महिलातर्फ प्रियङ्का दास, सचिवमा पुष्पराज खतिवडा निर्विरोध निर्वाचित भएका हुन् । यसै गरी मधेसी सदस्य धिरेन्द्र तिवारी, आदिवासी जनजाति सदस्य धिरेन्द्र पनुहर, समावेशी सदस्य नुन आलम मन्सुर, दलित सदस्य शर्मालाल बैठा निर्विरोध भएका छन् ।कार्यसमितिका सात जना निर्विरोध भइरहँदा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा रमेश सुवेदी, श्याम यादव र अनिल तिवारीको उम्मेदवारी परेको हो ।
सहसचिव खुल्लातर्फ ईन्दिप कोइराला र प्रदीप गौतमको उम्मेदवारी परेको छ भने सहसचिव समावेशीमा दुष्यन्त चौधरी र अरुण कुशवाहाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा अनिल पाण्डे र रञ्जन यादवले मनोनयन गराएका छन् ।
खुल्ला सदस्यतर्फ जिउतप्रसाद यादव, प्रलाद तिमिल्सिना, नविन चौधरी, नरेश गुप्ता, रतन टेमानी, नारायण पौडेल, राहुल गुप्ता, रतन टेमानी, प्रभु यादवले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका मध्ये सात जना खुल्ला सदस्य निर्वाचित हुनेछन् ।
केन्द्रीय परिषद् र प्रदेश परिषद्मा सबै पद निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद्मा गोकुल घोरसाईने, कमलकुमार उपाध्याय, लक्ष्मी साह, सत्यप्रसाद श्रेष्ठ र भोजराज भट्टराई निर्विरोध भएका छन् ।
प्रदेश परिषद् पदमा श्याम गुप्ता, मनोज साह, सिकेन्द्र साह, लक्ष्मी पाण्डे, भोलानाथ पौडेल, अनिलकुमार साह, श्रीकान्त गुप्ता, रामेश्वर मेहता, गम्भीरा सहनी र पवन यादव निर्विरोध भएको निर्वाचन समितिका संयोजक निमेश तिमिल्सिनाले जानकारी दिए ।
निर्विरोध नभएका पदका लागि मङ्सिर २८ गते निर्वाचन हुनेछ ।


प्रतिक्रिया