वीरगन्ज :

पत्रकार महासंघ बाराको अध्यक्षमा समाजवादी प्रेस संगठनका सुवेदी निर्वाचित

श्रेणी : मधेस

9 months
Pradeep Sah
1.9kViews
1361 Shares

मतगणना पूरा भएपछि समाजवादी प्रेस सङ्गठनका उम्मेदवार सुवेदीले नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्ष पदमा जित हासिल गरेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार, सुवेदीले ७१ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्याम यादवलाई चार मतको झिनो अन्तरले पराजित गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनका साझा उम्मेदवार यादवले ६७ मत प्राप्त गरेका छन् ।

कूल १३९ मत खसेकोमा अन्य केही मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । अध्यक्ष निर्वाचित सुवेदी समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्यसमेत हुन् ।

निर्वाचनपछि सुवेदीले आफ्नो जितलाई पत्रकारहरूको एकता र सहकार्यको सङ्केतका रूपमा व्याख्या गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, “यो जित सबै पत्रकार मित्रहरूको विश्वास र सहयोगको परिणाम हो । आगामी दिनमा पत्रकारिताको गरिमा बढाउन म समर्पित रहनेछु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *