वीरगन्ज :

पत्रकार महासंघ बाराकाे कार्यालयमा पुन: तालाबन्दी

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.9kViews
1154 Shares

वीरगंज । पत्रकार महासंघकाे सदस्यताको बिषयलाई लिएर पुन: नेपाल पत्रकार महासंघ बारामा तालाबन्दी भएको छ । समाजवादी प्रेस संगठन नेपाल बाराले महासंघ बाराकाे कार्यालयमा तालाबन्दी गरेको हो ।

संगठनका केन्द्रिय सदस्य रमेश सुवेदी र जिल्ला सचिव नरेश गुप्ताको नेतृत्वमा गएको टोलीले महासंघमा तालाबन्दी गरेको हुन् ।नेपाल पत्रकार महासंघको सदस्यताका लागि केही गैर पत्रकारलाई सिफारिस गरिएकोले आरोप लगाउँदै संगठनले महासंघमा अनिश्चितकालकालागी तालाबन्दी गरिएकाे संगठनका केन्द्रिय सदस्य सुवेदीले जानकारी दिए ।

आफुलाई ठूलो भन्ने मुख्य तीन संगठनले र महासंघको नेतृत्वले भागबन्डाका नाममा क्रियाशील पत्रकारको सदस्यता सिफारिस नगरेर महासंघको विधान विपरीत केही गैरपत्रकारलाई समेत सदस्यता दिन सिफारिस गरेकोले आफुहरु महासंघमा तालाबन्दी गर्नु परेको केन्द्रिय सदस्य रमेश सुवेदीले बताए ।

भागबन्डाको नाममा आफ्ना खल्तीका मान्छे र दलका कार्यकर्तालाई महासंघको सदस्यता दिन खोजिएकोले आफुहरु तालाबन्दी गर्नु परेको संगठनका जिल्ला सचिव नरेश गुप्ताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *