वीरगन्ज :

पत्रकार महासंघ पर्सामा मनोनय दर्ता संम्पन्न, ७८ उम्मेदवारी

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.0kViews
1450 Shares

वीरगन्ज, २७ मसिर । नेपाल पत्रकार महासङ्घ, पर्साको चुनावी प्रक्रिया अन्तर्गत आज दावी विरोधको कार्यतालिका रहेको छ । अहिले उजुरीको समय तोकिएको छ ।

कुनैपनि उम्मेदवार उपर दावी विरोधको उजुरी भए दिन सकिने र साढे २ बजेदेखि चारबजे उम्मेदवारी फिर्ता लिने समय तोकिएको मुख्य निर्वाचन अधिकृत शत्रुघ्न नेपालले बताए । निर्वाचन समितिका अनुसार १९ सदस्यीय जिल्ला कार्यसमिति, ११ सदस्यीय प्रदेश परिषद् सदस्य र पाँच सदस्यीय राष्ट्रिय परिषद् सदस्य गरी कुल ३५ सिटको लागि ७८ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत शत्रुघ्न नेपालका अनुसार अध्यक्षमा अनुप तिवारी र ओमप्रकाश खनालको उम्मेदवारी परेको छ । त्यसैगरी, उपाध्यक्ष (खुलातर्फ) मा तीनजनाले उम्मेदवारी दिएका छन् । अलिअसगर देवान, भूषण यादव र जगत राईले खुला उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा कविता खड्का र नीलिमा पौडेलले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, सचिवमा शेखरबहादुर क्षत्री, मनोज पटेल, विजय चौहान, सफल खतिवडा गरी चारजनाले उम्मेदवारी दिएका छन् । सहसचिवमा अमित अग्रवाल, अजय चौरसिया, उदय दास, इरफान अली, शम्भुकुमार सुमन गरी छ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र, धनञ्जय मिश्र, अमितकुमार साह, जियालालप्रसाद साह गरी चारजनाको उम्मेदवारी परेको छ । महिला सदस्य, आदिवासी जनजाति र मधेसी सदस्यतर्फ ३÷३ जना गरी ९ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, दलित सदस्यमा छेदीलाल (सुभाष) राम निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यतर्फ कमला भण्डारी, विमला गुप्ता, नीलम पन्त गरी ३ जना, आदिवासी जनजातितर्फ रश्मिराज भण्डारी, अजित भुजेल, राम मण्डल र मधेसी सदस्यतर्फ रञ्जीत यादव, आरोहण साह र कृष्णकुमार यादवको उम्मेदवारी परेको छ । त्यसैगरी, दलित सदस्यमा छेदीलाल (सुभाष) राम निर्विरोध निर्वाचित भएका छन् ।

अन्य समावेशीतर्फ एक सिटको लागि मुनेश लायो मगर, प्रकाशकुमार तिवारी, सब्दर हुसेन, शेख मक्दुम जहाँगस्त गरी चारजनाको उम्मेदवारी परेको छ भने खुला सदस्यतर्फ छवटा सिटका लागि २४ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, ११ सदस्यीय प्रदेश पार्षद्को लागि सातजनाको उम्मेदवारी परेकामा सातैजना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिएका छन् । त्यसैगरी, राष्ट्रिय परिषद् सदस्यतर्फ पाँचवटा सिटको लागि आठजनाको उम्मेदवारी परेको उनले बताए ।

यस्तै नेपाल पत्रकार महासङ्घ, बारामा कुल ३४ सिटको लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्ष पदको लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।

सो पदमा रमेश सुवेदी, श्यामबाबूप्रसाद यादव र अनिलकुमार तिवारीले उम्मेदवारी दर्ता गरेका छन् । एक सिटको खुला उपाध्यक्षतर्फ पन्नालाल दास, महिला उपाध्यक्षतर्फ प्रियङ्का दास र सचिवमा पुष्पराज खतिवडा गरी एक÷एक जनाको मात्र उम्मेदवारी परेकोले तीनैजना निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत निमेष तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी, सहसचिवमा प्रदीप गौतम र इन्दीप कोइराला गरी दुईजनाको उम्मेदवारी परेको छ ।

सहसचिव समावेशीमा दुष्यन्त चौधरी र अरुण कुशवाहाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा अनिल पाण्डे, रञ्जन यादव, महिला सदस्यमा प्रियङ्का सर्राफ, काजल कार्की, तुलसा घिमिरे गरी तीन जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, दलित सदस्यमा शर्मालाल बैठा, आदिवासी जनजाति सदस्यमा धीरेन्द्र पनुहर, मधेसी सदस्यमा धीरेन्द्र तिवारी, अन्य समावेशी सदस्यमा नुरआलम मन्सुर निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यको छवटा सिटको लागि रतन टेमानी, नरेश गुप्ता, चन्दनकुमार मेहता, राहुल गुप्ता, प्रभुप्रसाद यादव, जिउतप्रसाद यादव, प्रह्लाद तिमल्सिना, नवीन चौधरी, नारायण पौडेल गरी नौजनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, ११ सदस्यीय प्रदेश परिषद् सदस्य पदमा अमिलकुमार साह, श्रीकान्त गुप्ता, रामेश्वर मेहता, गम्भीरा सहनी, मनोजकुमार साह, श्यामबाबू गुप्ता, भोलानाथ पौडेल, सिकेन्द्र साह, पवन यादव, लक्ष्मी पाण्डे गरी १० जनाको उम्मेदवारी परेकामा १० जना नै निर्विरोध निर्वाचित भएका छन् भने पाँच सदस्यीय केन्द्रीय परिषद्मा लक्ष्मी साह, गोकुल घोरसाइने, कमलकुमार उपाध्याय, भोजराज भट्टराई र सत्यप्रसाद श्रेष्ठ गरी पाँचजनाको उम्मेदवारी परेकामा उनीहरू सबैजना निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *