वीरगन्ज :

पत्रकार महासंघको सदस्यता सूचि सच्याउन समाजवादी प्रेस संगठनकाे माग

श्रेणी : BANNER

11 months
Pradeep Sah
1.8kViews
1132 Shares

वीरगंज । समाजवादी प्रेस संगठनले  नेपाल पत्रकार महासंघको जेठ २६ मा हुने तीनै तहको निर्वाचन पू्र्वप्रकाशित गर्नुपर्ने सूचीमा जालझेल भएको भन्दै आपत्ति जनाएको छ । संगठनमा अध्यक्ष विश्वमणि सूवेदीले विज्ञप्ति जारी गर्दै जालझेल गरी बनाको सूचिलाई २४ घण्टाभित्र सच्चाउन भनेका छन् ।

नसच्याए देशभर महासंघमा तालाबन्दी गर्ने चेतावनी पनि दिएका छन् ।यसअघि सदस्यता शुद्धिकरणका क्रममा भएका विभेदपूर्ण सिफारिसलाई सच्याउनका निम्ति महासंघले उजुरी छानबिन गर्ने चार सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको थियो ।सोही कार्यदलका सदस्यहरुको उपस्थितिमा जेठ ८ गते देशभरिको सदस्यता सूची तयार पारिएको थियो ।

चार सदस्यीय कार्यदलले सदस्यता सूचीलाई अन्तिम रुप दिएपछिको नामावली निर्वाचन समितिलाई बुझाउनुको सट्टा रातारात कतिपय गैरपत्रकारका नाम सदस्यका रुपमा थप्ने, कतिपय नाम हटाउनेजस्ता काम भएको संगठनको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *