वीरगन्ज :

पत्रकार पुडासैनीको निधन,मिडिया क्षेत्र शोकमा

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
1.8kViews
1628 Shares

काठमाडौँ, २० पुष । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति निधन भएको छ। चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पुडासैनीलाई हृदयघातको आशंका गरिए पनि मृत्युको ठोस कारण पुष्टि हुन बाँकी छ ।

प्रेस चौतारी नेपालका एशोसियट प्रदेश उपाध्यक्ष रहेका पुडासैनी हाल नेपाल भ्युज अनलाइन पत्रिकामा कार्यरत थिए। त्यसअघि उनले माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, र रेडियो अन्नपूर्णजस्ता प्रतिष्ठित मिडियामा पत्रकारिताको योगदान दिएका थिए ।

पुडासैनीको असामयिक निधनले पत्रकारिता क्षेत्रमा शोक छाएको छ। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार, उनले सधैं निष्पक्ष र जिम्मेवार पत्रकारिताको अभ्यास गरे ।

उनको निधनले नेपाली मिडिया जगतले एक समर्पित पत्रकार गुमाएको छ। परिवार, सहकर्मी, र मिडिया समुदायमा समवेदना व्यक्त गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *