वीरगन्ज :

पत्रकार जियालाल साहलाई धम्की दिनेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघको माग

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.5kViews
1289 Shares

वीरगंज,२० पुस – पर्साका पत्रकार जियालाल साहलाई धम्की दिने उपर कानुनी कारवाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले माग गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले शनिवार एक बिज्ञप्ती प्रकाशित गर्दै पत्रकार साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ मधेस प्रदेश समितिका अनुसार पर्साको सखुवाप्रसौनीमा आयोजित एक कार्यक्रममा विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई पार्टीमा प्रवेश गराएको विषयमा सिधाकुरा अनलाइनमा २०८१ पुस १४ गते आइतबार समाचार प्रकाशन भएको थियो ।


सोही समाचारको विषयलाई लिएर पत्रकार साहको फोटो नै राखेर केही व्यक्तिहरुले सामाजिक सञ्जालमा धम्कीपूर्ण र बदनाम गराउने स्ट्याटस लेखेको महासंघको महासचिव रामप्रसाद दहालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र टीकाटीप्पणी हुनु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई असुरक्षित गराउने र चरित्रमा ठेस पु¥याउने क्रियाकलाप हुनु अत्यन्त निन्दनीय र सामाजिक अपराध रहेको महासंघले जनाएको छ ।

पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने हर्कतमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघले माग गरेको छ । पर्सामा कार्यक्षेत्र बनाएर काम गर्दै आएका जियालाल साह सिधाकुरा डटकम अनलाईनमा आबद्ध रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *