वीरगन्ज :

पटेर्वा सुगौलीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.6kViews
1533 Shares

वीरगन्ज, २३ पुस । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा सोमबार आयोजित सुरक्षा सम्बन्धी परिचयात्मक र अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षक, बुद्धिजीवी, स्थानीय पत्रकार र सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका मोजामिल अन्सारी, मोहम्मद आरिफ मियाँ, पटेर्वा सुगौली गाउँपालिका–४ का वडाध्यक्ष बासु पजियार, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी र सोही गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष दारा सिंहले आफ्नो धारणा राखे ।

सहभागीहरूले विभिन्न सुरक्षा चुनौती र मुद्दाहरूमा सुझाव दिएका थिए, जसमा प्रमुख रूपमा पीडितहरूलाई निःशुल्क निवेदन लेख्नको व्यवस्था, उजुरी र मुद्दामा निष्पक्षता र त्वरित न्यायको माग, भारतबाट किसानले ल्याउने सामग्रीहरूको सुरक्षा, हेलमेट बिना सवारी चलाउनेहरूको कारबाही, र लागूऔषध दुर्व्यसनको नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रमको आवश्यकता समेत उठाइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य प्रमोद यादव, स्थानीय पत्रकार चिरञ्जीवी यादव, राम किशोर चौधरी, प्रहरी निरीक्षक हरिराज प्रसाद यादव लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

कार्यक्रमको समापनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले सहभागीहरूको सुझाव र चिन्तनलाई गम्भीरता पूर्वक लिई सुरक्षामा सुधार ल्याउन प्रतिबद्धता जनाए । उनीहरूको अनुसार, यस प्रकारका छलफलहरूले स्थानीय सुरक्षामा महत्वपूर्ण सुधार ल्याउन सहयोग पुर्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *