वीरगन्ज :

पटेर्वा सुगौलीमा एक वृद्ध मृत फेला

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.8kViews
1599 Shares
वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा शनिबार एक जना वृद्ध मृत भेटिएका छन् ।
पटेर्वा सुगाैली गाउँपालिकाको वडा नं. ५ मनिअर्वास्थित हुलाकी सडक छेउमा रहेकाे खाली गाई फर्ममा झुण्डिएकाे अवस्थामा एक वृद्ध मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. १६ मिथिला नगरका ६० बर्षिय पुरुषोत्तम क्षेत्री मृत अवस्थामा फेला परेका हुन् ।
स्थानियले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरी नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
  • शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि वीरगंजकाे नारायणी अस्पताल पठाइएको प्रहरी निरिक्षक केसरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले वताए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *