वीरगन्ज :

पटेर्वा सुगाैलीबाट ४८९ के.जी. लागु औषध सहित कालिकामाईका मियाँ पक्राउ

श्रेणी : मधेस

8 months
Pradeep Sah
1.8kViews
1207 Shares

वीरगंज । पर्सा प्रहरीले ठूलाे परिमाणकाे लागु औषध सहित एक जनालाई पक्राउ गरेकाे छ ।  विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ मुडली निवासी ४० बर्षिया फुलसरिफ मियाँलाई पक्राउ गरेकाे हाे ।

लागु औषधहरू ठुलो परिमाणमा खरिद विक्री भईरहेको छ, भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्साकाे पटेर्वासुगौली गाउँपालिका वडा नं.४ अकवा गाँबाट ठुलाे परिमाणमा लागु औषध सहित मियाँलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमाेद ढुंगाेलले जानकारी दिए ।

प्रहरी साे स्थानमा छापामारी गर्दा मियाँ संकाष्पदरूपमा लुकिरहेको अवस्थामा निजको साथबाट लागु औषध गाँजा ३० के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए । त्यसपछि पक्राउ परेका मियाँसंग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र राखि लुकाइ छिपाई राखिएको भन्ने खुलाई दिएकोमा उक्त स्थानकबाट लागु औषध चरेश १९२ के.जी. र गाँजाको धुलो (पोलाण्ड) २६७ के.जी. फेला परेकाे प्रवक्ता भारतीले जानकारी दिए ।

त्यसपछि उक्त लागु औषध सहित मियाँलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई निज विरुद्ध लागु औषध कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन मार्फत जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *