वीरगन्ज :

पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित ३ जनाविरुद्ध मुद्दा दायर

श्रेणी : अपराध

3 months
Pradeep Sah
1.8kViews
1263 Shares

बारा, ९ वैशाख । बाराको पचरौता नगरपालिकामा सार्वजनिक खरिद ऐन उल्लंघन गरी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दा पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव, लेखापाल हासिम मियाँ अंसारी र एसके मल्टीपर्पोज प्रालिका अध्यक्ष कमल कुमार उपाध्यायविरुद्ध दायर गरिएको हो।

आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर ०२ र ०३ को बोलपत्र सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान उल्लंघन गर्दै उनीहरूले स्थानीय ‘माव प्रभाव दैनिक’ पत्रिकामा मात्र सूचना प्रकाशित गरेको आरोप छ। उक्त सूचना नगरपालिकाको अभिलेखमा मात्र राख्ने प्रयोजनका लागि प्रकाशित गरिएको आयोगको दाबी छ।

झुटा विवरणसहितको सूचना देखाएर एसके मल्टीपर्पोज प्रालिले नगरपालिकाबाट ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी लिएको पुष्टि भएको अख्तियारको भनाइ छ।

आयोगले यादव र अंसारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसूरदार ठहर गर्दै कैद र जरिवाना माग गरेको छ। साथै, उपाध्यायलाई पनि सोही ऐन अन्तर्गत मतियारको आरोपमा मुख्य कसूरदारसरह सजाय माग गर्दै मुद्दा चलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *