बीरगन्ज,१४ चैत । नेकपा एमाले का युवा नेता रुपेश पाण्डे ले सरकारले जारी गरेको पक्राउ पूर्जीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले हालको पक्राउ प्रक्रिया कानुनी आधारभन्दा बाहिर गएर गरिएको दाबी गरेका छन्। पाण्डेका अनुसार कुनै नयाँ घटना, फरार अभियुक्त वा प्रमाण नष्ट हुने अवस्था नभएको अवस्थामा “जरूरी पक्राउ पूर्जी” जारी गर्नु कानुनविपरीत हुन्छ।
उनले जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढाइएको भनिएको प्रक्रिया पनि कानुनी मापदण्डअनुसार नदेखिएको टिप्पणी गर्दै सरकारले राजनीतिक प्रतिशोधको बाटो अपनाएको आरोप लगाएका छन्।
पाण्डेले यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध भएको उल्लेख गर्दै यसको कानुनी तथा राजनीतिक प्रतिवाद हुने चेतावनी समेत दिएका छन्। उनले “राजनीतिक प्रतिशोध बन्द गर” भन्दै सरकारको निर्णयको खुलेर आलोचना गरेका छन्।

प्रतिक्रिया