वीरगन्ज :

न्यायपालिका र कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था पुग्योः पूर्वराजा शाह

श्रेणी : BANNER

3 years
birgunj report
25Views
0 Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह देशको शासन व्यवस्थामाथि आक्रोशित बनेका छन् । भिडियो सन्देशमार्फत दशैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् ।

यस्तै उनले न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको बताएका छन्। शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

उनले भ्रष्टाचारले शासक पथभ्रष्ट हुँदै गएको टिप्पणी गरेका छन्। उनले शुक्रबार बिहान भिडियोमार्फत् सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताएका छन्। ज्ञानेन्द्रले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *