वीरगन्ज :

न्यायको माग गर्दै रौतहटमा पीडित परिवारको धर्ना

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.6kViews
1439 Shares

रौतहट,२४ माघ । कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई सफाइ दिएपछि रौतहटमा पीडित परिवार जिल्ला अदालत अगाडि धर्नामा उत्रिएको छ।

२०७६ असार ४ गते राति यमुनामाई गाउँपालिका–४, सरुअठा गाउँका विनोद गुप्तालाई उधारो सामान नदिएको विषयमा गाउँकै समूहले मरणासन्न हुने गरी कुटपिट गरेको थियो। गम्भीर घाइते बनेका गुप्ताको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारका क्रममा असार १० गते मृत्यु भएको थियो।

मृतकको भाइ राजन गुप्ता र श्रीमती अनिता देवीको जाहेरीका आधारमा रामकिशोर सिंह, रामविनोद सिंह, निखिल कुमार सिंहसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

माघ २० गते जिल्ला न्यायाधीश मनोज केसीको इजलासले अभियोग प्रमाण नपुग्ने भन्दै रामकिशोर सिंह र रामविनोद सिंहलाई सफाइ दिएपछि पीडित परिवार आन्दोलित बनेका हुन्।

सोमबारदेखि जाहेरीवाला राजन गुप्ता र मृतककी श्रीमती अनिता देवी समर्थकसहित जिल्ला अदालत अगाडि धर्नामा बसेका छन्।

घटनाका अन्य चार आरोपितहरू अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पीडित परिवारले न्यायको सुनिश्चितता र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन जारी राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *