वीरगन्ज :

’नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । सर्वोच्च अदालतले ’नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निर्वाचन आयोगका नाममा यस्तो आदेश जारी गरेको हो ।

‘नो नट अगेन’माथि प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल रहेको दाबीसहित वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट दायर गरेका थिए ।

सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ । त्यस्तै कात्तिक २४ गते रिट निवेदक र विपक्षी दुबैलाई अन्तरिम आदेशकाबारेमा छलफलका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *