वीरगन्ज :

‘नो नट अगेन’विरुद्धको सूचना खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । नो नट अगेन अभियानविरुद्ध आयोगले जारी गरेको सूचनाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सूचना खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दर्ता गरेका हुन् ।

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आयोगले दूषित मनसायले सूचना जारी गरेको भन्दै उनले त्यसलाई अन्तरिम आदेशमार्फत तत्काल निस्तेज बनाउन र खारेज गर्न माग गरेका छन् ।

निर्वाचनका क्रममा नागरिकले आफ्नो हक र स्वतन्त्रताको शान्तिपुर्ण रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै त्रिपाठीले आयोगले जारी गरेको सूचनाले नागरिकको संवैधानिक स्वतन्त्रतालाई निष्प्रभावी बनाउने दावी गरेका छन् । उनले रिटमा भनेका छन्,‘यो सूचना आफैंमा स्वेच्छाचारी एवं बदनियतपूर्ण छ । संबैधानिक स्वतन्त्रतालाई पूर्णरूपमा निष्प्रभावी तुल्याउन खोजिएको छ । निर्वाचन आयोगले संबिधानले तोकेको भन्दा फरक बिषयवस्तु तथा आधारमा नागरिक स्वतन्त्रतालाई प्रतिबन्धित वा कुण्ठित गर्नु स्वेच्छाचारिताको नमूना हो ।’

निर्वाचनका क्रममा नागरिकले मन परेको उम्मेद्वारलाई मत दिन अनि मन नपरेको उम्मेद्वारलाई मत नदिन अभियान चलाउन स्वतन्त्र हुने भन्दै उनले आयोगको सूचनाले नागरिकको हक कुण्ठित भएको दावी गरेका हुन् ।

आयोगको सूचना अनुसार नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो । रिट निवेदनमा त्यो सूचना निस्तेज बनाउनुपर्ने माग गरिएको छ । मंगलबार रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *