
श्रेणी : BANNER
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेपछि पनि त्यसलाई विफल तुल्याउन विभिन्न षड्यन्त्र भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
जेठ २५ र २६ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले नागरिकता सम्बन्धी समस्या समाधान गर्न संविधानको प्रावधान र मर्म बमोजिम सबै नेपाली जनताले सहजरुपमा नागरिकता प्राप्त गर्ने व्यवस्थाका लागि सरकारसँग माग गरेको छ ।
उसले भनेको छ, ‘नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेपछि पनि त्यसलाई विफल तुल्याउन विभिन्न षड्यन्त्र भइरहेको सन्दर्भमा यो बैठकको ध्यानाकर्षण भएको छ। नागरिकता सम्बन्धी समस्या समाधान गर्न संविधानको प्रावधान र मर्म बमोजिम सबै नेपाली जनताले सहजरुपमा नागरिकता प्राप्त गर्ने व्यवस्थाका लागि यो बैठक सरकारसँग माग गर्दछ।’
बैठकले जनमत पार्टीका संरक्षक रेशम चौधरीलाई भएको आमममाफीको निर्णयको स्वागत गरेको छ । साथै, द्वन्द्वकालिन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न भैरहेका प्रतिगामी हर्कतहरुको भत्र्सना पनि बैठकले गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वकालिन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न भइरहेका प्रतिगामी हर्कतहरुको यो बैठक भत्र्सना गर्दछ। साथै रेशम चौधरी लगायत टीकापुर थारु विद्रोहका नेताहरुलाई कानून बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफीमिनाहा भएकोमा यो बैठक उक्त निर्णयको स्वागत गर्दछ । मधेश आन्दोलन, जनजाति आन्दोलन, थारु आन्दोलन लगायतका वांकी वन्दीहरुको शीघ्र रिहाइको माग गर्दछ।’
नेपाल–भारत बीच उत्पन्न सीमा विवाद सम्बन्धमा यथाशिघ्र वार्ता प्रक्रिया शुरु गरी कूटनीतिक तवरबाट समाधान गर्न समेत सरकारसँग माग गरिएको छ।



प्रतिक्रिया