वीरगन्ज :

नेशनल लाइफ इन्स्योरेन्सद्वारा रामनगरीमा जनचेतनामूलक कार्यक्रम

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.8kViews
1757 Shares

बीरगन्ज,१८ मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बीरगन्जले आज पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–रामनगरी टोलमा जीवन बीमाका विषयमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। “बालबालिकाको उज्ज्वल भविष्यका लागि बीमा गरौँ” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा स्थानीय अभिभावक तथा समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम एजेन्सी म्यानेजर रोशनी कुमारी साहको विशेष पहलमा आयोजना गरिएको हो। उहाँले जीवन बीमा भविष्यको सुरक्षासँगै परिवारको आर्थिक स्थिरताका लागि महत्वपूर्ण आधार हुने बताएका थिए।

शाखा प्रमुख देव प्रकाश पटेलले जीवन बीमा केवल कागजी प्रक्रिया नभई प्रत्येक परिवारको जोखिम व्यवस्थापनसँग जोडिएको आवश्यक सुरक्षा कवच भएको उल्लेख गर्दै आजको बचत भोलिको सुरक्षित भविष्य निर्माणमा सहयोग गर्ने बताए। उहाँले बीमा गर्दा आर्थिक क्षति, आकस्मिक जोखिम तथा भविष्यका सपना पूरा गर्न सकारात्मक प्रभाव पर्ने पनि बताए।

नेशनल लाइफ इन्स्योरेन्स बीरगन्ज शाखाले आगामी दिनमा पनि यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ। कंपनीका प्रतिनिधिहरूका अनुसार बीमा संस्कृति विस्तारले समुदायमा दीर्घकालीन आर्थिक सुदृढता निर्माण हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *