वीरगन्ज :

नेशनल मेडिकल कलेज वीरगंजका एमडी र ल्याब प्रमुख पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1086 Shares

वीरगंज (पर्सा), २६ चैत । नेशनल मेडिकल कलेज वीरगंजमा प्रहरीले साेमबार छापामारी गरेकाे छ । वीरगंज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा कलेजमा छापा मारेको हो ।

नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले पुष्टि गरेको छ । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ ।

मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले सहित अनुगमन टाेलीले छापा मारेकाे हाे । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *