वीरगन्ज :

नेविसंघको अधिवेशन माग गर्दै कांग्रेस कार्यालय अगाडि विद्यार्थीहरूको प्रदर्शन

श्रेणी : प्रदेश

6 hours
Pradeep Sah
3.0kViews
1893 Shares

काठमाडौँ,१६ असार । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन तत्काल गरिनुपर्ने मागसहित विद्यार्थी नेताहरूले सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि बिहानैदेखि भेला भएका नेविसंघका विभिन्न तहका नेताहरूले “म म्यादि नेविसंघ”, “मेरो अधिवेशन कहिले?”, “९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टी?” जस्ता नारासहित प्लेकार्ड बोकेर विरोध जनाए।

प्रदर्शनमा सहभागीहरूले कालो कपडाले शरीर र अनुहार ढाक्दै शान्तिपूर्ण तर प्रतीकात्मक विरोध गरेका थिए। उनीहरूले मातृ पार्टी नेपाली कांग्रेसप्रति आक्रोश पोख्दै वर्तमान नेविसंघ नेतृत्वलाई जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाएका छन्।

विद्यार्थीहरूका अनुसार विधान अनुसार तोकिएको समयभित्र अधिवेशन नगरी नेतृत्वको म्याद बारम्बार थपिने प्रथाले संगठन नै निष्क्रिय बन्ने खतरा बढेको छ। “नर्सरी मासेर बगैँचा बनाउँछौं भन्ने खोक्रा भाषण होइन, लोकतान्त्रिक अभ्यासको सम्मान गर,” उनीहरूले नेताहरूप्रति कडा सन्देश दिए।

प्रदर्शनकारीहरूले नेविसंघको तत्काल अधिवेशनको मिति घोषणा गरी नयाँ नेतृत्व चयनका लागि वातावरण तयार पार्न कांग्रेस नेतृत्वसँग माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *