२०८२ बैशाख २९, सोमबार

वीरगन्ज :
१६:१८:०८

नेवा विरोधी गतिविधि गरेको भन्दै बालेन साहविरूद्ध नारावाजी

श्रेणी : BANNER

3 years
birgunj report
18Views
0 Shares

काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे) मा डोजर चलाएको भन्दै स्थानीयले काठमाडौं महानगरपालिकको मेयर बालेन साहको विरोध गरेका छन् ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि शनिबार साँझ स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए ।

स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए। उनले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाए । स्थानीयले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *