वीरगन्ज :

नेप्से ४ अंकले बढ्यो

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.2kViews
1394 Shares

काठमाडौं,१८ पुस । साताको अन्तिम कारोबार दिन सेयर बजार २५ सय ८६ अंकमा कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो ।

यस दिन विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशत बढ्यो । कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर कारोबार रोक्का भएसँगै घटेको यो सेक्टर अघिल्लो दिनदेखि बढ्न थालेको हो । अघिल्लो दिन १.६ प्रतिशत बढेको थियो ।

फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशत बढे । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशत घटे ।

न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको ९.९, सप्तकोशी विकास बैंकको ९.९, सिन्धु विकास बैंकको ९.७९ तथा सुपरमादी हाइड्रोपावरको ९.६, ग्रीन डेभलपमेन्ट बैंकको ९.२, कर्पोरेट डेभलपमेन्ट बैंकके ९, रिभरफल्स पावरको ८.८, आत्मनिर्भर लघुवित्तको ७.८ तथा त्रिशुली जलविद्युतको ६.६ प्रतिशत मूल्य बढ्यो ।

सपोर्ट माइक्रोफाइनान्सको ५.०२, जानाकी फाइनान्सको ३.६, नेपाल टेलिकमको ३.२ तथा पोखरा फाइनान्सको मूल्य ३.१ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक, न्यादी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *