
श्रेणी : मधेस
वीरगंज, ३० माघ । नेपाल विद्यार्थी संघले पर्साकाे वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसका करण पाण्डेलाई इकाई अध्यक्षको जिम्मेवारी दिईएको छ। संघको २०७५ को सातौं संशोधन र केन्द्रीय अध्यक्षको निर्देशनअनुसार ठाकुरराम बहुमुखी क्याम्पसमा इकाई अध्यक्षको पदभार प्रदान गरिएको छ।
नेपाल विद्यार्थी संघले नयाँ नेतृत्वले विधि, विधान र मर्मअनुसार संगठनलाई क्रियाशील बनाउने विश्वास व्यक्त गरेको छ । साथै संघका केन्द्रीय सदस्य तथा प्रतिनिधि अशोक सिंह विष्ट र ई. त्रिलोकी साहले हस्ताक्षर गरेको पत्रमार्फत पाण्डेलाई औपचारिक रूपमा मनोनयन गरिएको छ ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा संलग्न रहेका पाण्डे ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघलाई सशक्त बनाउने अठोटका साथ अघि बढ्ने बताएका छन्। संघका नेताहरूले पाण्डेको कार्यकाल सफल होस् भन्ने शुभकामना समेत दिएका छन्।

प्रतिक्रिया