
श्रेणी : राष्ट्रिय
काठमाडौँ । नेपाल र भारत आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।
सोमबार काठमाडौंमा भएको द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुई देशबीच साझेदारीको समीक्षा भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतका विदेश सचिवबीच कनेक्टिभिटी, व्यापार तथा पारवहन, जलविद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनस्तरको सम्बन्धका क्षेत्रमा जारी सहकार्यको समीक्षा भएको छ ।
द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो । भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया