वीरगन्ज :

नेपाल र भारतद्वारा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा

श्रेणी : BANNER

2 years
birgunj report
23Views
0 Shares

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति औपचारिकरुपमा घोषणा गरिएको छ । प्रधानमन्त्री यही जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्ने तय भएको हो ।

नेपाल र भारत परराष्ट्र मन्त्रालयले शनिबार प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेका हुन् । नेपालको परराष्ट्र मन्त्रालय र भारती विदेश मन्त्रालय जारी गरेको विज्ञप्तिअनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्न लागेका हुन् ।

भ्रमणटोलीमा प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारी रहने छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नेछन् । प्रधानमन्त्रीले मध्य प्रदेशको इन्दोर र उज्जैनको भ्रमण पनि गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *