वीरगन्ज :

नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा २२ जुनमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र संयुक्त राष्ट्रसंघका लागि क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा दुवै देशका प्रतिनिधिहरुले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार विमर्शसमेत गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यामरुन २४० भन्दा बढी जनजाती र २३० भाषाको धनी अफ्रिकी मुलुक हो । क्यामरुन देश चाड, मध्य अफ्रिकी गणतन्त्र, कंगो गणतन्त्र, ग्याबोन, इक्वेटोरियल गिनी, नाइजेरिया र दक्षिण पश्चिममा एटलान्टिक महासागरको सिमानामा पर्दछ ।

कूल ४ लाख ७५ हजार ४४० वर्ग किलोमिटर क्षेत्रफल रहेको क्यामरुनमा २७ मिलियन भन्दा बढी जनसंख्या छ । १ जनवरी १९६० मा स्वतन्त्र भएको क्यामरुन २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्र संघमा आवद्ध भएको थियो । नेपाल र क्यामरुन दुवै असंलग्न आन्दोलन (नाम)का सदस्यहरु हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *