वीरगंज (पर्सा), २९ भदौ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्राध्यापक डा. जैनुद्दिन अन्सारी चयन भएका छन् । शुक्रबार सम्पन्न कलेजको २४ औं वार्षिक साधारण सभाले मेडिकल व्यवसायी एवं सर्जन प्रोफेसर डा. अन्सारीलाई अध्यक्षमा चयन गरेको हो ।
लामो समयदेखि कलेजका अध्यक्ष रहेका डा. भोला रिजालले प्रा.डा. अन्सारीलाई अध्यक्षको पदभार ग्रहण गराएका थिए । पछिल्लो समय कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आएका प्रा.डा. अन्सारीको कुशल कार्य क्षमता, दक्षता र नेतृत्वलाई ध्यानमा राख्दै साधारण सभाले अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । प्राध्यापक डा. अन्सारीसँगै साधारण सभाले डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा सर्वसम्मत चयन गरेको छ ।
अध्यक्ष पदमा चयन भएसँगै प्राध्यापक डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफु मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताउँदै डा. अन्सारीले अहिले चयन भएको संचालक समितिमा पुराना पदाधिकारीहरु नै छन्, पद आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ’ उनले भने ‘मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ, यहाँहरुले गरेको विश्वासप्रति सधैं आभारी रहनेछु’ ।
नयाँ निर्वाचित संचालक समितिको सदस्यमा डा. भोला रिजाल, डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा अन्सारी, शाहनवाज अन्सारी लगायत रहेका छन् ।
प्रतिक्रिया